टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

तीन प्रदेशमा वर्षाको सम्भावना

पहिरो खसेपछि धनगढी-भिमदत्त राजमार्ग अवरुद्ध,बाढीमा फसेका ६ जनाको उद्धार

धनगढी । बर्षासगै पहिरो खसेपछि धनगढी-भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको बुढीतोला सडकखण्डमा पहिरो गएपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै माथिबाट पहिरो खसेर सडक भासिएपछि गएराती देखी यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बताइएको छ । सात पहाडी जिल्ला जोड्ने एकमात्र राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीका साधन बिचमै रोकिएका छन् । डोजरको सहयोगले पहिरो पन्छ्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीमा फसेका ६ जनाको सकुशल उद्धार

कैलालीमा बाढीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ ।

वर्षासँगै गोदावरीमा नदीमा आएको बाढीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरू सबै गोदावरी नदीको तटीय क्षेत्रमा बस्दै आएका थिए । नदीको टापुमा फसेका उनीहरुलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : १९ बजे