विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

धनकुटामा डेंगी टेष्टकिटको अभाव

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा डेंगी टेष्टकिटको अभाव भएको छ । डेंगी संक्रमण बढ्दै गएपछि  अस्पतालमा टेष्टकिट अभाव भएको हो । अस्पतालमा टेष्टकिट अभाव भएर मगाएको ३ दिनसम्ममा पनि किट नआएको धनकुटा अस्पताल निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले जानकारी दिनुभयो । उहाँले टेष्टकिट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको भएपनि उपलब्ध नगराएपछि अब अस्पतालले नै खरिद गर्ने तयारीमा रहेको बताउनु भयो । डेंगीको संक्रमण बढ्दै गएदेखि नै टेष्टकिटको अभाव भएको ठाकुरको भनाइ छ । 

यता स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख गोकुल भण्डारीले टेष्टकिटको व्यवस्थापन भइरहेको र अभाव नभएको बताउनु भयो । टेष्टकिट खरिदका लागि बजेट अभावका कारण समस्या भएपनि त्यसको व्यवस्थापन भइरहेको र स्थानीय तहसँग अनुरोध गरिएको भण्डारीले बताउनु भयो ।

यता धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले डेंगी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको र त्यसका लागि आवश्यक योजना तयार गरि लागि परेको बताउनु भयो । उहाँले आवश्यक परेमा अन्य जिल्ला तथा स्थानीय तहले सञ्चालन गरेजस्तै ‘खोज र नष्ट गर’ अभियान चलाउने तयारीमा रहेको बताउनु भयो । धनकुटामा हालसम्म एक सय ३७ जनामा डेंगी संक्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ०८ बजे