काठमाडौँ–काठमाडौँमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ ।
जसले गर्दा काठमाडौँका नदी र साना खोलामा बाढीको जोखिम रहेको छ ।
विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले बताएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ७ : ५६ बजे
प्रतिक्रिया