विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लम्पीस्किन भ्याक्सिनमा कमिसनको चलखेल : बिरामी छन् गाईवस्तु,भेडाको खोप खरिद गर्दै सरकार

काठमाडौं । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकार भने किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाइरहेको  छ । कमिशनका लागि  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड नै संशोधन गरेर गलत भ्याक्सीन ल्याउन लागेकाे हो । 
लम्पिस्किन रोगका लागि विश्व स्वास्थ्य संगठनले ‘नेथलिन स्ट्रेन’ भ्याक्सिन प्रमाणित गरेकाे छ ।  मन्त्रालयले भने कमिशनको लोभमा  ‘गटपक्स’ ल्याउन अनुमति दिने निर्णय गरेको हो । मन्त्रिस्तरीय निर्णयबाट लम्पीस्किन रोगका लागि ‘गटपक्स’ भ्याक्सिन ल्याउने अनुमति करिब एक साताअघि दिइएको मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तथा लम्पीस्किनका फोकल पर्सन डा। टपेन्द्र बोहराले जानकारी दिए । अब अयातकर्ताले जुनसुकै देशबाट ‘गटपक्स’ भ्याक्सिन ल्याउन पाउनेछन् ।
लम्पिस्किन रोगका लागि विश्व स्वास्थ्य संगठनले ‘नेथलिन स्ट्रेन’ भ्याक्सिन प्रमाणित गरेको छ । नेपालले पनि यही भ्याक्सिन प्रयोग गर्दै आइरहेको छ ।

‘गटपक्स’ भ्याक्सिन नेपालमा हुँदै नभएको रोगका लागि हो । यो भ्याक्सिन भेडाबाख्राको लागि मात्र भएको विज्ञहरूले बताएका छन् । जबकि अहिले नेपालमा भेडा बाख्रामा गट पक्स रोग देखा परेकै छैन ।

‘गटफक्स नै नभएको देशमा भ्याक्सिन आउँदा भाइरस पनि सँगै आउने भएकाले फेरि यो रोग लाग्यो भने ८० प्रतिशतसम्म मृत्युदर रहने एक विज्ञले बताए । हामीसँग भएका भेडा बाख्रा अब सबै सकिने भए । त्यसको जिम्मा कसले लिन्छ’, ती विज्ञले  भने ।

जैविक पदार्थसम्बन्धी भेटनरी मापदण्ड २०६३ अनुसार जुन रोग र स्ट्रेन नेपालमा विद्यमान छैन त्यस प्रकारको भ्याक्सिन आयात गर्न पाइँदैन । तर, यही मापदण्डलाईं सच्याउँदै भ्याक्सिन आयात गर्न अनुमति दिने बाटो पशुसेवा विभागलाई खुला भएको छ ।
गटपक्स ‘हिटेरेलोगस’ भ्याक्सिन हो भने नेथलिन ‘होमोलोगस’ भ्याक्सिन हो । लम्पीस्किन रोग विशेष गरी गाई, गोरु, राँगा, भैँसी, पडापाडी, बाच्छबाच्छीमा लाग्छ । मन्त्रालयका अनुसार ११ लाख हाराहरी गाईभैँसीमा लम्पिस्किन रोग देखिएको छ । पहिला पहाडी भेगमा बढी भएको यो रोग पछिल्लो समय तराइमा धेरै देखिन थालेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ५५ बजे