केपी ओली साउन २५ गते काभ्रे आउने

काभ्रेपलान्चोक। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही साउन २५ गते काभ्रे आउने हुनुभएको छ ।

सामुदायिक बन दिवस २०८० को अवसरमा ओली बृहत् वृक्षारोपण  कार्यक्रम उद्घाटन गर्न काभ्रे आउन लाग्नुभएको हो  ।

 

नेकपा एमाले बन तथा वातावरण विभाग काभ्रेको आयोजनामा र नेकपा एमाले धुलिखेल,  नेकपा एमाले धुलिखेल २ नं वडा कमिटी ,रविओपीको संयोजनमा हुन लागेको वृक्षारोपण कार्यक्रममा ओली प्रमुख अतिथिको रूपमा काभ्रेमा आउन लाग्नुभएको हो । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ५९ बजे