तीन प्रदेशमा वर्षाको सम्भावना

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्यो, चालकसहित तीनजना घाइते

तानसेन । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको रामापिथेकस पार्क ड्याम साइट नाग मन्दिर नजिकै  गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको  सोमबार बिहान करिब साढे ६ बजेतिर जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका हुन ।

घाइते हुनेहरूमा  पूर्वी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका -७ का ३२ वर्षीय  जीप चालक  विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका -१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीका प्रहरी जवान सुसान्त सुनारले बताए । 

घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  उनीहरू तानसेन अर्गलीका न्यौपानेले बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर  अर्गलीतर्फ जाँदै थिए । 

ढुंगा लागेर जीप कच्याककुचुक भएको छ । जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । सडकमा खसेको ढुंगा पन्छाएर सडक यातायात सुचारु गरिएको पाल्पा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ४३ बजे