साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तराई मधेसका पर्वबारे परिचर्चा 

काठमाडौँ । काठमाडौँमा तराई–मधेसका पर्वहरूबारे  परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल चित्रगुप्त महिला समितिले आयोजना गरेको परिचर्चा कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले मधेसका नागरिकले मनाउने विभिन्न पर्वहरू मौलिक र सामाजिक सुव्यवस्थाका प्रतीक भएको बताउनुभयो । उहाँले नेपाल पर्वै पर्वको मुलुक भएकाले परम्परागत पर्वहरुले राष्ट्रिय संस्कृतिलाई समृद्ध बनाउन सक्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी, भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले तराई मधेसका मौलिक पर्वहरू नेपाली संस्कृतिका अथाह सम्पत्ति भएको बताउँदै तिनलाई जगेर्ना गरिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार एवं लेखक विना सिन्हाले मधेसी समुदायमा प्रचलित पर्वहरुले नेपाली संस्कारकै प्रतिनिधित्व गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ३४ बजे