यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६० रुपैयाँ, टनेल गोलभेँडा सानो ९५,घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४८, लौका ४०, हरियो फर्सी ६० र घिरौँला २५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ६०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नास्पाती ८०, एभोकाडो ५०० रुपैयाँ, कालो अङ्गुर ४५०, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा ९मुंगरी० २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनियाँ १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २७०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : २५ बजे