एमाले गौरवपूर्ण इतिहास भएको र भविष्यको मार्गचित्र बोकेको पार्टी : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) गौरवपूर्ण इतिहास भएको र भविष्यको मार्गचित्र बोकेको पार्टी भएको बताउनुभएको छ । 

नेकपा (एमाले) टोखा नगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गौरवपूर्ण इतिहास बोकेको नेकपा(एमाले) अब समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर देशको तीव्र विकासमा अघि बढेको बताउनुभयो। नेकपा (एमाले)सँग सबल सङ्गठन रहेकाले यसलाई कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । 

नगर कमिटीका अध्यक्ष सत्यनारायण डङ्गोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् काठमाडौँ जिल्लाका इन्चार्ज आनन्द पोखरेल, केन्द्रीय सदस्य शर्मिला कार्की, पार्टीका काठमाडौँका जिल्ला अध्यक्ष दीपक निरौलालगायत नेताहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : १८ बजे