सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनको जिलिनमा भीषण वर्षाका कारण एक जनाको मृत्यु, चार जना बेपत्ता

चाङ्चुन । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् । 

शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३:०० बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो ।
 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ४५ बजे