आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आज सुनचाँदीको मूल्य कुनै फेरबदल भएको छैन। आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा नै कारोबार भएको थियो। बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी १ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।  बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ३४ बजे