तीन प्रदेशमा वर्षाको सम्भावना

चार दिनदेखि बेपत्ता दमाई मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । 

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए । 

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उहाँले भन्नुभयो, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।
 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ३० बजे