तीन प्रदेशमा वर्षाको सम्भावना

कालीगण्डकी नदीले बगाउँदा एक जना बेपत्ता 

दमौली  । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । 

त्रिशूली र कालीगण्डकीको सङ्गम स्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । 

बेपत्ता भुसालको खोजी भइरहेको छ । 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : १३ बजे