धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

नेपाल पहिलो पटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै

काठमाडौँ । नेपाल पहिलो पटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । 

यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।

यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीवार यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : ४४ बजे