तीन प्रदेशमा वर्षाको सम्भावना

सामाखुशी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि भेटियो

काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

साउन ७ गते सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि दक्षिणकालीमा बागमती नदीको किनारमा भेटिएको हो ।

स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरिरहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : २९ बजे