काठमाडौँ । जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे छुटेकी हुन् । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।
अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको बताइएको छ ।
पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाइरहेका छन् ।
प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ११ : १७ बजे
प्रतिक्रिया