तीन प्रदेशमा वर्षाको सम्भावना

नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु

चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीय महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो । नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १० : ५८ बजे