यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेपाली समाजमा अहिले रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यक : महासचिव पोखरेल 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका हुन् भनेर प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नेपाली समाजमा अहिले रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि बुधवारदेखि बस सञ्चालनमा ल्याउनुभएको थियो । त्यसको विरोध गर्दै महासचिव पोखरेलले चितवनका महिला जागरण र जागृतिको थलो भएको उल्लेख गर्नुभएको हो ।    

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ’, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ ।’ 

महासचिव पोखरेलले चितवनबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्नुपर्ने बताउनुभयो ।

  

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १० : १६ बजे