सुनको मूल्यमा नयाँ कीर्तिमान

फिफा महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै 

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । 

समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । 

दुवै खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुने छन् ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी, यो समूहमा रहेको दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरण (अन्तिम १६) मा प्रवेश गर्न एक अङ्क मात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने हुन्छ ।

३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह समूह छन् । विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : ३० बजे