यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो । प्रधानन्यायाधीशको नाम सिफारिस बारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलवारको स्थगित भएको बैठक आज ५ बजे बस्न लागेको हो ।

आजको  बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ । 

यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामुको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ४३ बजे