यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कोसीका मुख्यमन्त्री थापाले लिए शपथ

विराटनगर ।  कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।  प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ ग्रहरण गराएका हुन्।

बिहान १० बजेलाई शपथको कार्यक्रम तोकिए पनि गठबन्धनभित्र मन्त्रालय भागबण्डामा विवाद देखिएपछि शपथ ढिलो भएको हो। माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा दिन लगाएर थापा बहुमत सांसदको समर्थनमा मंगलबार मुख्यमन्त्री बनेका हुन्।

यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।

उनी फेरि कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ गरेर  ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : २८ बजे