यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 संसदीय सुनुवाइ समितिको बैठक बस्दै 

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । 

सार्वजनिक लेखा समितिको हलमा आज बैठक बिहान ११ः०० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने बताइएको छ। सरकारले विभिन्न मुलुक तथा नियोगका लागि ६ जनालाई राजदूतमा सिफारिस गरेको छ। जसअनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई सिफारिस हुनुभएको छ । 

उहाँहरू विरुद्ध संसदीय समितिले गत बुधवार उजुरी आह्वानका लागि १० दिनको समय दिएर सूचना जारी गरेको थियो। 

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २१ बजे