यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको छ : महासचिव पोखरेल

​​​​​​​काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको बताउनुभयो । 

महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको बताउनुभयो

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ,’यति बेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो । सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ । तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन ।’ 

महासचिव पोखरेलले अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानुपर्ने बताउनुभयो ।  

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०७ बजे