काठमाडौँ । नेकपा एमालेले आज स्रष्टाहरूसँग खीर दिवस मनाउने भएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले आज दिउँसो १ः०० बजे साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ का अवसरमा स्रष्टासँग खीर दिवस मनाउने भएको हो ।
सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । खीर खाने कार्यक्रममा पार्टीका अन्य नेताहरू पनि सहभागी हुने कार्यालय सचिव अधिकारीले बताउनुभयो ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ९ : ४४ बजे
प्रतिक्रिया