सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्रमुख तथा फोकल पर्सन लहुकाजी राईले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ । साउन १ गतेदेखि उदयपुरमा डेङ्गुका बिरामी देखा पर्न थालेको र हालसम्म ५१ जनामा सङ्क्रमण देखा परेको उहाँले जानकारी दिनुभयो । केही सिकिस्त बिरामीलाई उपचारका लागि सुनसरी र विराटनगर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख डा ज्ञानेन्द्र झाले बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ४५ बजे