यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पूर्वराष्ट्रपति भण्डारीले प्रयोगमा ल्याउनु भयो आफ्नै आधिकारिक ट्विटर एक्वाउन्ट

​​​​​​​​​​​​​​काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल @BidyaDevi2018 प्रयोग गर्न सुरु गर्नुभएको छ ।

यसअघि राष्ट्रपतिको कार्यकालमा उहाँले @PresidentofNP नामबाट ट्विटर ह्याण्डल सञ्चालन गर्नुभएको थियो । राष्ट्रपति पदबाट सेवा निवृत्त हुनुभएपछि उहाँले केही महिनायता ट्विटर प्रयोग गर्नुभएको थिएन ।

भण्डारीले केही दिन अघिदेखि आफ्नो नयाँ ट्विटर ह्याण्डल @BidyaDevi2018 प्रयोगमा ल्याउनु भएता पनि उक्त ट्वीटर ह्याण्डल भेरिफाइड नभएकाले कसको हो भन्ने दुविधा बाँकी नै थियो ।

नयाँ सञ्चालनमा आएको ट्वीटर ह्याण्डल पूर्वराष्ट्रपति भण्डारीकै भएको र उक्त ट्वीटर ह्याण्डल भर्खरै भेरिफाइड भएर निलो रङ्ग प्राप्त भएको पूर्वराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

​​​​​​सचिवालयले पूर्वराष्ट्रपतिसम्बन्धी सूचना, जानकारी वा उहाँका धारणा बुझ्न अहिले सञ्चालनमा आएको ट्वीटर ह्याण्डल फलो गर्न अनुरोध गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो आधिकारिक फेसबुक पेज विद्यादेवी भण्डारी पेज https://www.facebook.com/bidyadevi.bhandari1961 बाट  पनि आफ्ना धारणाहरु दिने गर्नुभएको छ । 

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ०५ बजे