यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कोसी प्रदेश सरकार निर्माणका लागि मध्यावधि निर्वाचनमा जानुपर्छ : डा.बाबुराम भट्टराई 

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले कोसी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जानुपर्ने बताउनुभएको छ ।

कोसी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ,  ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’

उहाँले सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ भन्नुहुँदै प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारीहरूले बुझ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ४२ बजे