यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ः०० बजे माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो । यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बैठक बस्न लागेको हो । 

यसअघि शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको थियो ।

केही दिनअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आज अन्तिम रूप दिन लागिएको बताइएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : १२ बजे