साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वियोग सापकोटा सम्मान 

इटहर । इटहरी ९. अभियन्त टोल विकास समितिले फरक क्षमताका प्रखर स्रष्टा वियोग सापकोटाको सम्मान गरेको गरेको छ । २०७९ सालको कोसी प्रदेश स्रष्टा पुरस्कार वापत ५० हजार पुरस्कार पाए वापत समितिले सापकोटालाई सम्मान गरेको हो ।  वियोग जन्मदै विकट अपाङ्गता भएका तथा अजस्र प्रतिभाका व्यक्तित्व हुन् । माता पिता राधा तथा गणेशानन्द सापकोटाका पुत्र वियोग अर्काकै सहारामा नित्य कर्म गर्नु पर्ने वाध्यताका कवि हुन् । मुस्किलले कठिन तरिकाले फुसफुस गरी बोल्ने वियोगका आवाज सदा सुनिरहने परिवारका सदस्यले लेखिदिने गरेका छन् । छोरा छोरी भानु,एलिना र बुहारी रमाले भ्याएका बेला वियोगका रचनाहरु  लेखिदिने गरेका छन् ।   
     टोल विकास समित अध्यक्ष गोपाल घिमिरेका सभापतित्वमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका  सभासद् तथा प्रमुख सचेतक रेवती भण्डारीले सापकोटालाई सम्मान पत्र प्रदान गर्दै टोल विकास समितिको सह्राहना गरे भने फरक क्षमताका बहुआयामिक व्यक्तित्व वियोग सापकोटाका सिर्जनात्मक प्रतिभाको चर्चा गरे । कार्यक्रमका विशेष अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले झमक घिमिरे बरावर सिर्जनात्मक क्षमताका वियोगको बहुआयामको चर्चा गरे भने कला साहित्य जनताको मन धुने साबुन भएकाले स्रष्टा र सिर्जनाको महानम भूमिका हुने कुरा बताए । कार्यक्रममा कोसी प्रदेश  सांसद्हरु रोहित बहादुर कार्की,मीना श्रेष्ठ,सपना परियार,मनोकामना टोल विकासकी अध्यक्ष निर्मला पौडेल  चौधरी, हीरा भण्डारी,कल्पन घिमिरे, र तेज बहादुर घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।    

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ३६ बजे