सुनको मूल्यमा नयाँ कीर्तिमान

सैन्य कूपछि निजेरका सेनाद्वारा जनरल टिचियानी राज्य प्रमुख घोषित

काठमाडौं । निजेरका सेनाले जनरल आबडौरहमेन टिचियानीलाई राष्ट्र प्रमुख घोषणा गरेको छ ।

गए राति टिचियानीले टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गरेका थिए जसमा देखिएको ब्यानरमा उनी नयाँ सैन्य परिषद्को प्रमुख भएको जनाइएको थियो । पद सम्हाले लगत्तै टिचियानीले मन्त्रीहरूसँग भेटे गरेका छन् र सहकार्यका लागि आग्रह पनि गरेका छन् ।

गत बुधवार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक समूहले राष्ट्रपति मोहमेद बाजौमलाई अपदस्थ गरिएको, संविधान भङ्‌ग गरिएको र देशका सबै संस्थाहरू निलम्बन गरिएको घोषणा गरेको थियो । बाजौमलाई खराब शासन र बिग्रँदो सुरक्षाका कारण अपदस्थ गरिएको सैनिक समूहले जनाएको थियो ।

अपदस्थ राष्ट्रपति बाजुम इस्लामिक जिहादीविरुद्धको लडाइमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रूपमा रहँदै आएका थिए ।

निजेरको सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाइँमा युरोपेली सङ्घको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : १९ बजे