यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेकपा एसलाई ‘अवसरवादीको झुण्ड’ भन्दै जिल्ला अध्यक्षहरु धमाधम एमाले प्रवेश

काठमाडौं।  नेकपा एमाले छोडेर दुईवर्ष अघि माधव नेपालको पार्टीमा गएका पदाधिकारी तहका मुल घर फर्किने चर्चा चलिरहेकै बेला विभिन्न जिल्लाका अध्यक्षहरुले यसकोे अगुवाई गर्दै नेकपा एमालेमा फर्किरहेका छन् । पार्टीका तेस्रो बरियाताका नेता मुकुन्द नेउपाने,बरिष्ठ उपाध्यक्ष केदार नेउपाने,केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत विश्वासी,स्थायी कमिटी सदस्य चुरामणी जंगली,पार्टी केन्द्रीय सदस्य युवा फाँट प्रमुख एवं पूर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसी महिना दिन अघि एमालेमा फर्किएपछि यो क्रम थप बढ्दै गएको छ । 

माधव नेपालले नेतृत्व गरेको नेकपा कम्यूनिष्ट पार्टी समाजवादी पार्टीले गत मंसिरको निर्वाचनमा राष्ट्रिय पार्टी हुन चाहिने आवश्यक ३ प्रतिशत मत पनि ल्याउन नसकेको,एमालेबाट फूटेको सो समुहले हालसम्म पार्टीको आकार ग्रहण गर्ने लक्षण पनि नदेखिएकोेले राजनीतिक भविष्यका लागि नेकपा एसमा बसिरहनु उचित नभएको एमाले फर्किने नेताहरुले बताएका छन् ।

। समाजवादीका जिल्ला अध्यक्षहरु मकवानपुरका श्रीधर पोखरेल पश्चिम रुकुमका हरि प्रसाद शर्मा दाङका,अछामका हिरण्य भट्टराई,बाराका सुन्दर विश्वकर्मा,रसुवाका विष्णु देवकोटा,डोल्पाका नन्दसिंह बुढा, तनहुँका श्रीराम कार्की, गुल्मीका नरेश भण्डारी र रामेछापका रमेश बस्नेत एमालेमा प्रवेश गरेपछि ति जिल्लाका कार्यकर्ता नेताविहिन भएका छन् । अन्य जिल्लाका अध्यक्षहरु पनि क्रमश अब एमालेमै समाहित नभए आफ्नो राजनीति यात्रामा ब्रेक लाग्न बताउन थालेका छन् । उनीहरुले त्यसबेला ‘माधव नेपालको कुनै बिचार र दृष्टिकोणले भन्दा पनि एमालेको आन्तरिक गुटबन्दीले अर्को पक्षलाई देखाइदिन’ पार्टी छोडेका बताएका छन् । ‘हामीले पार्टी छोडेपछि स्थानीय,प्रदेश र संघीय निर्वाचन भए’ एमाले प्रवेश गरेका एकजना जिल्ला अध्यक्ष भन्छन् ‘हामीलाई पेलिएको रिस चुनावमा पोख्यौं । हाम्रो तुस पनि मेटियो । कम्यूनिष्ट पार्टीमा राजनीतिक गर्ने भए एमालेको विकल्प नदेखेर फर्किएका हौं ।’

महासचिव शंकर पोखरेलको जिल्ला दाङमा नेकपा एसको नेतृत्व गरिरहेका जिल्ला अध्यक्ष सुरामणी बेलबासे एमालेमा प्रवेश गरेको छ महिना दिन कटेको छ । माधव नेपालको लहै लहैमा लागेर एमाले छोडेर पछुतो लागेको बताउने बेलबासे समाजवादीमा बसेको आफ्नो दुई वर्षको समयलाई राजनीतिक जीवनबाट ‘इरेज’ गर्न चाहनुहुन्छ । यो बेला डट कमसँग कुरा गर्दै बेलबासेले आफू तीन कारणले माधव नेपालको पछि लागेर एमाले त्यागेको बताउनुभयो । ‘पुराना कुरा सम्भिmनु त्यती उपयुक्त त नहोला । तत्कालिन नेकपा र पछि एमालेमा दुई धार संघर्ष चल्दा माधव नेपाल सही र इमान्दार छन् भन्ने विस्वास थियो ’ बेलबासेले भन्नुभयो ‘तत्कालिन प्रधानमन्त्रीले पार्टी भित्र समन्वयकारी भूमिका नखेलेको महसुष भयो र माधव नेपालले माक्र्सवादी,लेलिनवादी र क्रान्तीकारितालाई अभ्यास गर्ला भन्ने लागेको थियो तर केही समयमा नै यी सबै विश्वास पानीका फोका जस्ता लागेर एमालेमा फर्किएको हुँ ।’

एमालेको राजनीतिमा लामो इतिहास बनाएर पनि माधव नेपालको कुरा सुनेर समाजवादीमा लागेका रामेछापका अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसकै दिन एमालेमा फर्किनु भयो । रामेछापको तत्कालिन जिल्ला विकास समितीको सभापति र मन्थली नगरपालिकाको मेयर भइसकेका बस्नेतलाई पनि राजनीतिक जीवनमा दुई वर्षे समाजवादी कालचाँही इरेज गर्न मन छ । ‘मलाई यो दुईवर्षे समाजवादीकालका कुरा नसोध्नु ’ महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराइपछि मन्थलीम नै बस्नेतले यो बेलासँग कुरा गर्दै भन्नुभयो ‘न नीति न बिचार । काँग्रेस र माओवादीको पुच्छर बनेर सत्ताको लागि पालो पर्खने काम मात्र रहेछ । माधव नेपालले पार्टी बनाउनै नसक्ने रहेछन् । यस्तो ठाउँमा राजनीतिकर्मी कसरी अटाउन सक्छन् त ?’

केही दिन पहिले मात्र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले भित्र्याएका तनहुँ समाजवादीका अध्यक्ष श्रीराम कार्की समाजवादी पार्टी बैचारिक रुपमा कुन लिंगको हो भन्ने कुरा अझै प्रष्ट नभएको बताउनुभयो । ‘पार्टीको न नीति न बिचार । जे एन खनाल भन्छन् जबजको समय सकियो ’ कार्कीले भन्नुभयो ‘माधव नेपाल भन्छन् जबजको समय कहिले पनि सकिदैन । कसको कुरा मान्ने ? समग्रमा सत्तामा चढ्न नपाएको झोकमा माधव कुमार नेपालले पार्टी फोडेका रहेछन् । त्यो फन्दामा आफू पनि परियो । तर मुल घर फर्किसकेको छु । एमाले मेरो मुल घर हो आउनलाई कुनै आपत्ती भएन । ’
एमाले प्रवेश गरेर हाल लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका बेलबासे अहिले पनि समाजवादीका विभिन्न जिल्ला अध्यक्षहरुसँग संवादमा रहेको बताउनुहुन्छ । त्यहाँ रहने साथीहरुले हरक्षण एमाले मिस गरिरहेका छन् । ‘राष्ट्रिय पार्टी हुन नसकेपछिको हनताबोधले ग्रस्त उनीहरुलाई काँग्रेस र माओवादीको अरन खटन सहनु परेको छ’ बेलबासेले भन्नुभयो ‘निकट भविष्यमा ठूलो संख्यामा जिल्ला अध्यक्षहरु एमालेमा प्रवेश गर्दैछन् ।’

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : २४ बजे