तीन प्रदेशमा वर्षाको सम्भावना

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । 

यस सडक खण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ः०० बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । 

पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।

यसअघि आज बिहान १ः०० बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडक खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : १४ बजे