साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनका बिस्कुट खान जाउँ, एयरपोर्ट घुम्न 

सुन सुन दिदी बैनी मनको कुरा सुन न 
विद्रोह नै किन भाको मर्म बुझ न 

दशवर्ष खुन बगो आंसुको दह भो 
कहां पोखूं त्यो बेलाको मनको बह यो
दाजुभाइ लडाउने बाबुआमा रुवाउने
देश स्वर्ग बन्छ भन्दै नर्क बनाउने 

सुन सुन दिदी बैनी मनको कुरा सुन न 
त्यो विद्रोह भाको रैच सुन पचाउन 

गरिबका छोराछोरी लडाइंमा लडायौ
सत्रहजार युदधभट्टाभित्र  डढायौ
स्कुलबाट मुन्ट्याएर बन्दुक थमाई
आफु सम्राट भयौ गर्यौ इर्षबढाइ !

सुन सुन दिदी बैनी देशको कुरा सुन न 
सुनका बिस्कुट खाने तेसको कथा सुन न 

जेठो भाथ्यो विद्रोही कान्छो गाथ्यो भर्तीमा
एकअर्काले गोली हाने ढले धर्तीमा 
पढ्न गाकी कान्छी छोरी अपहरण भा की थिन्
विद्रोहीले हो कि कल्ले मारे उसै दिन

सुन सुन दिदी बैनी सुनको कुरा सुन न 
सुनका बिस्कुट खाने को हुन् लौ न, चिन न

हिजो लुटे बैकबाट जनताको सुन 
खुकुरीको धार देखाई खुबै लुटे धन
किसानका खेतबाट लुटे खलिहान 
सर,कारमा पुगेपछि कति लुटे सुन

सुन सुन दिदी बैनी सुनको कुरा सुन न 
सुनका बिस्कुट खाने नेता लौन चिन न 

हजार क्विन्टल तस्करीमा चुप लाग्यौ किन 
एक क्विन्टल पक्रें भनी गर्छौ गनगन 
बांकी सुनको हिसाबकिताब कैले दिन्चौ भन ?
नत्र तिम्लाई थुक्ने छन् तीन करोड जन 

सुन सुन दिदी बैनी सुनको कुरा सुन न 
सुनका भारी लुकाउने नेता चिन न 

आसेपासे राखिराछौ सुनको भान्छा घर्मा 
भोजन् आफै गरिराछौ शासनको भर्मा 
चोर औंलो देखाउंछौ तिमी अर्को घर्मा 
बांकी चार औंला भन्चन् तिम्ले भन्यौ चोर्न

सुन सुन दिदी बैनी सुनको कुरा सुन न
आफू लुटने अरूलाई झोस्ने चिन न

सुन लुट्ने तिमी नै हौ सत्ते धरेधर्म 
एयर्पोर्ट भो सुनपोर्ट थुक्क तिम्रो कर्म
भरियालाई समातेर उम्काइराछौ डन
डनलाई आफ्नै घर्मा लुकाइराछौ किन

सुन सुन दिदी बैनी सुनको कुरा सुन न 
सुनका बिस्कुट खान जाउं तिन्कै घरमा  

हाम्रा कान रित्त्तै भए तिम्रा घर्मा घुस्छौँ 
तिम्रो सुनको भान्छा घर्मा चेलीबेटी पस्छौँ
एयर्पोर्ट नामको सुनपोर्टमा जुलुस लिइ जान्छौँ 
यस्पालि त तस्करीको भकारी नै फोड्छौँ 

सुन सुन दिदी बैनी सुनको कुरा सुन न 
सुनका बिस्कुट खान जाउं एयर्पोर्ट घुमन

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : २८ बजे