सुनको मूल्यमा नयाँ कीर्तिमान

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

काठमाडौँ । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । 

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : ३९ बजे