सुनको मूल्यमा नयाँ कीर्तिमान

भालुको पित्तजस्तो देखिने बस्तुसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने बस्तु दुई थानसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १ : ४८ बजे