सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालमा डेंगुबाट तीनजनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो

काठमाडौं । नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत  जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो । 

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।
 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  २ : १२ बजे