तीन प्रदेशमा वर्षाको सम्भावना

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रहरीसँग घम्साघम्सी

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्न पुगेका लघुवित्तीय संस्था पीडितहरूसँग प्रहरीको घम्साघम्सी परेको छ ।

विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । त्यही क्रममा संसद् भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको छ ।

सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि प्रतिकारमा प्रदर्शनकारीले प्रहरीको ब्यारिगेट तोड्न खोजेपछि प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी परेको थियो । सुरक्षाकर्मीले रोकेपछि उनीहरुले त्यहीँ प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : ५९ बजे