सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत इन्सपेक्टर साह मृत फेला

सर्लाही । राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मृत फेला परेका हुन् ।

घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का संकलन भइरहेको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ४७ बजे