ग्रिसमा जङ्गलको आगो निभाउन गएको विमान दुर्घटना

एथेन्स । ग्रिसको इभियामा जङ्गलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।

सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जङ्गलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

हाल ग्रिसको जङ्गलमा लागेका कारण हजारौँ मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जङ्गलमा लागेको आगो  निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : १८ बजे