तीन प्रदेशमा वर्षाको सम्भावना

पाँचथरमा जिप दुर्घटना : एक जनाकाे मृत्यु, १३ जना घाइते

पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

मंगलबार दिउँसाे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । 

मृतककाे सनाखत भएकाे छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरूमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ०९ बजे