इजरायली प्रधानमन्त्री नेतन्याहूको ‘स्वास्थ्य अवस्था’ मा सुधार

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उहाँको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएका छन् ।
 
नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न ‘मोनिटरिङ डिभाइस’ राखेको थिए र यो डिभाइसले आज साँझ मलाई पेसमेकर आवश्यक रहेको सूचना दिएको थियो ।” 

शल्यक्रियापछि शेबा मेडिकल सेन्टरले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँ कार्डियोलोजी विभागमा निगरानीमा रहेको जनाएको छ ।

उहाँको कार्यालयले आइतबार भनेको छ, “यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र नेतन्याहूलाई केही दिनभित्र डिस्चार्ज गर्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूको स्वास्थ्य अवस्थाका कारण यसअघि यसै साताको अन्त्यमा हुने तय गरिएको टर्की र साइप्रसको भ्रमण स्थगित गरिएको छ भने अहिलेसम्म कुनै नयाँ मिति तय भएको छैन । उपप्रधानमन्त्री यारिभ लेभिनले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक पूधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएको उहाँको कार्यालयले जनाएको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ४६ बजे