प्युठान । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका(५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई ऐरावती गाउँपालिका(२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ५ : ४१ बजे
प्रतिक्रिया