तीन प्रदेशमा वर्षाको सम्भावना

बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । 

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभयो ।

इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ४ : ४८ बजे