सुनको मूल्यमा नयाँ कीर्तिमान

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार,दुईजना पक्राउ

दाङ  । दाङको तुलसीपुर उपमहानगरपालिकाको नयाँ बसपार्क भित्र एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ । प्युठानकी ७३ वर्षिया वृद्धालाई गएराती बसभित्रै सामूहिक बलात्कारमा भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ  ।

दाङ प्रहरीका अनुसार तुलसीपुर बसपार्कमा रोकि राखेको ना. ४ ख ७८४८ नम्बरको बस भित्र गएराति करिब ११स्५५ वृद्धामाथि बलात्कार भएको हो । यसैबिच घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुईजानालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका -१५ निवासी वर्ष ३० का पुष्कर रोका र सल्यानको कुमाख गाउँपालिक-(७ का वर्ष २१ का  रेशम विकलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरू दुवैजना गाडीमा खलासी काम गर्ने गाडीका स्टाफ रहेको प्रहरीले बताएको छ ।बलात्कृत वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई प्रहरीको सेफ हाउसमा राखिएको छ ।  

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ४९ बजे