सुनको मूल्यमा नयाँ कीर्तिमान

१०० किलो सुन बरामद प्रकरण  : यी हुन् पक्राउ परेका व्यक्तिहरू

काठमाडौँ  । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । 

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैङ्कमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।  

सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चार जनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल,  मेलुङ–३ घर भई हाल काठमाडौँ साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौँ पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् । 

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा ज २३२४ नम्बरको ट्याक्सीलाई बुधवार एक किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ११ : १३ बजे