सुनको मूल्यमा नयाँ कीर्तिमान

खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्री भण्डारीको बिदाइ (फोटोफिचर)

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गर्नुभएको छ । 

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गर्नुभएकी खेलाडी भण्डारीलाई शुभकामनासहित  बधाई दिनुभएको  हो । 

उहाँको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुनुहुने अपेक्षा गर्नुभयो । लम्जुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा सम्लग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पु¥याउनु भएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ । 

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उहाँ आगामी अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेल्नुभएको थियो । नेपाली फुटबल खेलको दुनियाँमा उहाँको छवि फर्वाड खेलाडीका रुपमा चर्चित  छ ।
 

​​​​​​​

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ०५ बजे