सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

शहीद गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त भएका छन् । 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मल्ल सोही अस्पतालमा कार्यरत छन् । 

सोही बैठकले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरलाई छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।  
 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ४६ बजे