भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ट्रक खोलामा खस्दा चालक च्यापिए, उद्धारको प्रयास जारी

दाङ – दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटनामा परेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा न. ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेको हो ।

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खस्दा चालक च्यापिएको र उनको उद्दारको प्रयास भइरहेको छ ।

घाइते अवस्थामा रहेका चालकलाई उद्दारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रक भित्र च्यापिएका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ४९ बजे