सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिसी इमर्जिङ टिम्स एसिया कप, आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ  । आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुदैँछ ।  

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएई बीचमा प्रतिस्पर्धा हुन लागेको हो ।  

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिस्पर्धाका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन् । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । 

युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : १२ बजे