सुनको मूल्यमा नयाँ कीर्तिमान

देशको राजधानीमै बाबुद्वारा छोरी बलात्कृत

काठमाडौं– देशको राजधानी काठमाडौंमै आफ्नै बाबुबाट छोरी बलात्कृत हुन पुगेकी छिन । प्रहरीले छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरि  जिल्ला अदालत काठमाडौंमा हाडनाता करणीमा मुद्दा दर्ता समेत गरेको छ।

काठमाडौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले छोरी बलात्कार गरेका प्रहरीले जनाएको छ। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए। आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। घटना गत जेठ अन्तिम साताको हो।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : १९ बजे